चलचित्र ‘दिमाग खराब’को विवाद टुंगियो, ५० प्रतिशत सेयर बाँडफाँड गर्ने सहमति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौंं । केही समयदेखि चलचित्र दिमाग खराबको प्रदर्शनलाई लिएर उत्पन्न विवाद समाधान भएको छ । खासगरी, निर्माता र चलचित्र संघबीचको विवाद अन्ततः टुंगो लागेको हो ।

निर्माता संघ र चलचित्र संघले विवाद समाधानकालागि २ वटा बार्ता टोली गठन गरेको थियो । उक्त वार्ता टोलीले मुख्यगरि ५० प्रतिशत शेयर बाँडफाँडमा दुबै संघको बार्ता टोली सहमतिमा पुगेको हो। यो सहमतिसँगै अब निर्माताले फिल्म प्रदर्शनमा आएको पुरा अवधीभर ५० प्रतिशत शेयर पाउने छन । यसअघि दुई सातासम्म ५० प्रतिशत र त्यसपछि ५ प्रतिशतका दरले निर्माताले पाउने शेयर घट्दै जान्थ्यो । अब, फिल्म हलमा जती समय चलेपनि निर्माताले ५० प्रतिशत नै शेयर पाउनेछन् ।

यस्तै, दुबै संघको बार्ता टोलीबिच कार्यदल बनाएर अगाडि बढ्ने बिषयमा पनि सहमती भएको छ । समग्र चलचित्र क्षेत्रको हितका लागि अन्य थुर्पै मागहरु र मुख्यतया ५० प्रतिशत शेयर बाँडफाँडको बिषयमा दुवै पक्षबीच सहमति भएको वार्तामा सहभागी निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?