जुम्लामा सोलार प्लान्टबाट विद्युत उत्पादन हुदै

Read Time = 2 mins
A A- A+

विजय रावत
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका – ३ स्थित खोपेचौर र घुघुत्ती पावरहाउसको चौरबाट १५ सय किलोवाटको सोलार प्लान्टबाट विद्युत उत्पादन हुने भएको छ । यहाँको बिजुली आपूर्ति व्यवस्थापनका लागि १५ सय किलोवाट सोलार प्लान्ट राखिने भएको छ । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ ।
जिल्लाको चन्दननाथ नगरपालिका– ३ स्थित खोपचौर रघुघुत्ती पावरहाउस नजिकको चौरमा सोलार प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । नेपाल विद्युत प्राधिकरणको लगानीमा १५ सय किलोवाट सोलार प्लान्ट राख्नका लागि खोपेचौर र पावरहाउस नजिक चौर छनोट गरी पठाएको विद्युत वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“नेपाल विद्युत प्राधिकरण काठमाडौंबाट पिएमडी शाखाका तीन इन्जिनियरको टोली जुम्ला आएर काठमाडौं फर्किएको छ । यहाँबाट दुई ठाउँमा छनोट गरी पठाएका छौँ । केन्द्रको पिएमडी शाखाले दुई स्थानमध्ये एक उपयुक्त स्थान छनोट गर्ने छ । १५ सय किलोवाट सोलार पलान्ट स्थापना भएपछि यहाँको बिजुली आपूर्तिमा निकै राहत हुने कार्यालय प्रमुख रावलले जानकारी दिनुभयो । ”
जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख,कालिकोटहुँदै जुम्लामा राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको छ । जिल्लामा अझै पनि यहाँका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत प्रसारण लाइन पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?