बालेन साहको विजयी परिवर्तनको संकेत हो : राजेन्द्र महतो

Read Time = 2 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुनुको कारण खोज्नुपर्ने बताउनु भएको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले लोकतन्त्र नेताहरुले आफ्नो स्वार्थमा प्रयोग गर्दा देश विकास र समृद्ध नभएको बताउनु भयो ।

संसदमा दलहरुको आरोप–प्रत्यारोप होइन जनताले समृद्धि खोजेको भन्दै उहाँले संसदमा एकले अर्कोलाई भ्रष्टाचारी भनेर आरोप लगाएको बताउनु भयो । ‘एकले अर्कोलाई भ्रष्टाचारीको आरोप लगाएपछि दुवै भ्रष्टाचारी देखिए,’ महतोले भन्नुभयो ।

भूगोलको एकीकरणमात्र होइन मन पनि मिलाएर राष्ट्रियता कायम गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘पृथ्वी नारायाण शाह भूगोल एकीकरण गरे । साझा फूलबारी बनाए । तर, अहिले किन मन जोडिएन । जुन जनताका लागि संविधान बनाइयो, त्यही जनतालाई गोली हानियो ।’

नेपाल सबै जातजाति र समुदायका लागि बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्दै उहाँले एकल राज्य प्रणालीमा चलेको आरोप लगाउनु भोे । जनता अहिले पनि पहिचान चाहिरहेको भन्दै उहाँले बालेन साहको विजयी परिवर्तनको संकेत रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?