कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थन लिखित रूपमा पेश गरिने कुरा असंवैधानिक : डा. कोइराला

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थन लिखित रूपमा पेश गरिने कुरा असंवैधानिक हुने बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत डा. कोइरालाले प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था रहेको उल्लेख गर्नुभएको छ ।

सत्ता गठबन्धनले कोशी प्रदेशका सभामुख बाबुराम गौतमको समेत समर्थन देखाएर सरकार गठनको प्रस्ताव लाने तयारी गरिरहेका बेला कांग्रेस नेता कोइरालाले यस्तो कार्य संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त बिपरित हुन जाने बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ– 'प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संबैधानिक ब्याख्या छैन। तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त बिपरित हुन जान्छ। सभामुखको संबैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो। यदि संसदमा पेस भएका बिषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, बिघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको बिपरित हुन जान्छ।'

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?