काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ । शुक्रबारदेखी सिनेमाको गीतबाट सुटिङ सुरु भएको हो ।
नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायतका कलाकारको अभिनय रहनेछ ।
सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।
नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक रहने छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, जिबन गौतमकाे मुख्य सहायक निर्देशन रहेकाे छ भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेका छन् । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायंकन गरिनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको