संसद्मा आज आर्थिक सर्वेक्षण पेश गरिंदै

Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण पेश गरिंदैछ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।

संसदमा शुक्रबार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेश हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ ।

आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेट पेश गर्नुहुनेछ । प्रत्येक वर्ष जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति एवं महत्पूर्ण आर्थिक सूचकका विश्लेषण समावेश गरिएको हुन्छ ।

चालु आर्थिक बर्ष ५ दशमलब ८४ प्रतिशत आर्थिक बृद्धि हासिल हुने केन्द्रीय तथ्यांक विभागले यस अघिनै प्रक्षेपण गरिसकेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कायमै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?