मुगु सामुहिक हत्या प्रकरण : अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरोले लियो

हिमालय टाइम्स
Read Time = 7 mins

-नृपेन्द्रबहादुर मल्ल
मुगु । मुगु छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउमा बंश नै नाश हुने गरि भएको सामुहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रिय अनुसन्धान व्युरोले गर्न सुरु गरेको छ ।

सामुहिक हत्या भएको हप्ता दिन बढी समय वितिसक्दा पनि हत्याको कारण र हत्यारा बारे प्रहरीले कुनै तथ्य फेला पार्न सकेको छैन । यसैबीच थपथप अनुसन्धानका लागि  केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) ले अनुसन्धान जिम्मा लिएको छ ।

गत ८ गते हत्या भएको प्रहरी अनुमान गरेपनी प्रहरीले १० गते विहान ९ बजे मात्र सुचना पाएको थियो । सुचना पश्चात् घटना स्थलमा पुगेको प्रहरी नायव उपरिक्ष्रक विरेन्द्र थापाको नेतृत्वको प्रहरी टाेलीले घर भित्र २८ वर्षिया आमा श्रीदेवि बोहोरा,११ वर्षिया छोरा मनोज बोहोरा, ८ वर्षिया छोरी अप्सरा बोहोरा र ८ महिने छोरा रहर बोहोराको सामुहिक हत्या गरिएको अवस्थामा फेला पारेको थियो ।

हत्याको अनुसन्धान गर्न जुम्ला र कर्णाली प्रदेश प्रहरीबाट अनुसन्धान अधिकृतस र कोहलपुरबाट अनुसन्धानकाे कुकुरसहितकाे टोलीले अनुसन्धान शुरु गरेका थिए ।

डक अनुसन्धान टोलीले आवश्यक सुचना दिएर १२ गते नै कोहलपुर फर्कियो ।

यता मुगु डिएसपी विरेन्द्र थापा सहितको अन्य २ टोलीले अनुसन्धान जारी राखेकाे थियाे ।

वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेविका श्रीमान ११ गते नै कतारबाट नेपाल फर्केर मुगु पुगेपछी घटना स्थलबाट प्रहरीले चारै शव उठाएर परिक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्याएको थियो ।

चार शवको १३ गते सोमबारसम्म सव परिक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नउठाउने अडान श्रीमान दिपक बोहोरा र आफन्तले लिएपछी शवको केही दिन दाहसंस्कार हुन सकेन ।  यसै विच १६ गते विहान ५ बजे जिल्ला अस्पतालबाट श्रीमान दिपक बोहोरा एकाएक बेपत्ता भए । उनी मानसिक सन्तुलन गुमाउँदै जान थाले पछि जिल्ला अस्पतालमा उपचारार्थ आफन्तले भर्ना गरेका थिए ।

दिन भरी प्रहरी र स्थानियहरुले खोजि गरेपनी दिपक १६ गते राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउँमा एक आफन्तको घरमा बसिरहेको फेला पारेका थिए । फेला परेका दिपकलाई छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्नुकुमार भामले जिम्मा लिँदै सम्झाइ वुझाइ र हत्यारा प्रहरीले पत्ता लगाउने र सघाउने विश्वास दिलाएर पछि मृतकहरुकाे  शव बुझ्न राजी भएका थिए । त्यसपछि १७ गते चारै जनाको शव बुझी दाहसंस्कार भएको थियो ।

घटना घटेदेखी मृतकहरुको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको अनुसन्धानलाई तिव्र बनाउँदै कयौ व्यक्तिहरुलाई सोधपुछ समेत गरेकाे छ ।

'फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुल्ली सबै काम हामीले गर्यौ र अहिले पनि गरिरहेका छौ । सिआइवीले प्राविधिक अनुसन्धान गर्ने कार्य अघि बढाएको छ ।' प्रनाउ विरेन्द्र थापाले बताउनु भयो ।

सिआइवी प्रहरी नायव उपरिक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न सिआइवी टोली खटिएर काम गरिरहेको छ ।

यस अघिका अनुसन्धान टोलीले फेला पारेका मेनुल्लि तथ्य र सिइआविले अनुसन्धान गरिरहेको प्रविधी तथ्य केलाउदै हत्यारा नजिक पुग्न सिआइवीले मुगु घटना अनुसन्धान जिम्मा लिएको हो । सिआइविले जिम्मा लिएपनी स्थलगत खटिइ अनुसन्धान गरिरहेको टोलि र सीआईबीकाे टोलिको समन्वयमा नै आगामी अनुसन्धान अघि बढ्ने र हत्यारा छिट्टै पत्ता लाग्ने कर्णाली प्रदेश प्रहरी सुचना अधिकारि तथा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) गोपालचन्द्र भट्टराई बताउनु भयो ।

मुगु घटनालाई उच्च प्राथमिकतामा राख्दै कर्णाली प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक भिम प्रसाद ढकाल गत १२ गते मुगु पुगि अनुसन्धान सहयोग गरिरहनु भएको छ ।

शनिबारबाट केन्द्रिय अनुसन्धान व्युरो थपिएसङै लमुगुमा सुखेत,जुम्ला र मुगु प्रहरी गरि ४ वटा टोलिले मुगु सामुहिक हत्याको अनुसन्धान गरिरहेका छन् ।

'विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्वन्धीत व्यक्तिहरुसङ्ग भेरिफाइ गर्न कम्तिमा १ देखि २ दिनसम्म लाग्छ ।   ४/४ जनाको हत्या भएको छ कयौ जनासंग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइका वावजुद काम गर्नु पर्छ एक त घटनाको सुचना प्रहरीसम्म ढिला आइपुग्यो पुग्यो, फोन, नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्वन्धी कृयाकलाप गर्न घटना स्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ । यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भैरहेको छ ।'  प्रनाउ विरेब्द्र थापाले भन्नुभयो ।

प्रहरीले अहिले दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान गरिरहेको अनुसन्धानमा केन्द्रिय सीआईबीकाे टोलि पनि थपिएकाले घटना बारे सबै तथ्य छिट्टै बाहिर आउने प्रहरीले विश्वास लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?