मारिओपोलमा हैजा प्रकोपको जोखिम

Read Time = 2 mins
A A- A+

किभ । युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिममा रहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ ।

रुसी सेनाको हमलामा ध्वस्त प्रायः बनेको मारिओपोल अहिले रुसी नियन्त्रणमा छ । राष्ट्रसंघका अनुसार सहरको धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको छ भने पानी ढलमा मिसिएको छ ।

हैजा सामान्यतया दूषित खानेकुरा वा पानी पिउनाले लाग्ने गर्छ । यो खराब सरसफाइसँग जोडिएको हुन्छ । जम्मा नगरिएका शव र फोहोरले वातावरण नै प्रदूषित बनेको छ ।

मारिओपोलमा पहिले नै महामारी फैलिएको थियो । हैजा, पखला र अन्य संक्रामक रोगहरू पहिले नै शहरमा देखिएको र प्रकोपबाट बच्न शहर बन्द गरिएको सो सहरका मेयरले बताएका छन् । रुसी सेनाले नियुक्त गरेका ती मेयरले नियमित परीक्षण गरिएको र हैजाको कुनै केस रेकर्ड नभएको बताए ।

युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिउपोलबाट जानकारीमा सीमित पहुँच रहेको तर युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा परीक्षण गरेको र कुनै पनि केस फेला नपरेको बताएको जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?