न्यूदिल्ली । भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किएका छन् । शनिबार बिहान सुखोई-३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन् । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई-३० एमकेआई र मिराज-२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ । दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए । बस्तीनजिक जंगल क्षेत्रमा विमान दुर्घटना भएपछि त्यहाँ केहीबेर नागरिकको भागदौड मच्चिएको थियो । विमानका क्षतिग्रस्त टुक्रा यत्रतत्र फैलिएको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको