काठमाडौं । लोकगायक नवीन पौडेलले राजधानीबासीलाई नचाउनुभएको छ । गत शुक्रबार साँझ स्काई दरबार क्याफेमा आयोजित एक सांगीतिक कार्यक्रममा उहाले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउनुभएको हो ।
सिंहदरबार मूलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबारसाँझबाट सञ्चालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो’, ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न मत त्यो घर’, ‘फूलेको तोरीलाई’ लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए ।
करिब डेढ घन्टा चलेको कार्यक्रममा हास्यकलाकार एवं जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ ले कमेडी तथा जादुका विभिन्न प्रस्तुतिमार्फत दर्शक हसाउनुभयो । अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एञ्जिला रेग्मी, डा.घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्कालगायतको कार्यक्रमका सहभागिता थियो । गायक पौडेलको नयाँ गीत ‘मनरेरै हो मनपरेरै हो’ शनिबार सार्वजनिक भएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :