रुसद्वारा जिरकोन मिसाइलको सफल परीक्षण

Read Time = 2 mins

मस्को । रुसले शनिबार एक हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जिरकोन मिसाइलको सफल परीक्षण गरेको छ । यो हाइपरसोनिक क्रुज मिसाइलको गति ध्वनिभन्दा नौ गुणा बढी रहेको बताइएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार ब्यारेण्ट सागरमा रहेको युद्धपोत एडमिरल गोर्शकोभबाट मिसाइल प्रक्षेपण गरिएको हो ।

यसले सेतो सागरमा करिब एक हजार किलोमिटर टाढाको लक्ष्यलाई नष्ट गर्‍यो । गत महिना रुसले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) सरमतको परीक्षण पनि गरेको थियो ।

रुस–युक्रेन भएको ९४ दिन बितिसकेको छ । यसैबीच रुसी सेनाले पूर्वी युक्रेनको रणनीतिक दृष्टिले महत्वपूर्ण शहर लिमन कब्जा गरेको जनाएको छ । रुसी सेनाले शनिबार यसको पुष्टि गरेको हो । लिमान पूर्वी डोनेट्स्कको उत्तरमा अवस्थित छ र युक्रेनी-नियन्त्रित स्लोभियान्स्क र क्रामाटोर्स्क शहर जाने बाटोमा छ ।

रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै डोनेट्स्क जन गणतन्त्र र रुसी सशस्त्र बलको कारबाहीपछि लिमान शहर युक्रेनी कब्जाबाट पूर्णरूपमा मुक्त भएको जनाएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?