आयुष र दीपेन्द्र अन्तिम आठमा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सूर्यविनायक नगरपालिका-८ का आयुष प्रजापती र चाँगुनारायण न.पा.-२ का दीपेन्द्र कार्की भक्तपुर जिल्लाव्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम आठमा स्थान पक्का गर्न सफल हुनुभएको छ । प्रजापतीले मध्यपुर थिमी-१ का कृष्ण गोपाल थ्याथबाट वाकओभर प्राप्त गर्नुभयो भने कार्कीले सूर्यविनायक-३ का सदीप खत्रीलाई २१-१५, २१-१९ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्नुभएको हो ।

यस्तै अन्तिम आठमा प्रवेश गर्ने अन्यमा थिमी न.पा. ३ का निकेश निरौला, भक्तपुर न.पा.-२ का रेश्वत सुवाल, चाँगुनारायण न.पा.-२ का महेश प्याकुरेल, सूर्यविनायक न.पा.-३ का रमेश बस्नेत, चाँगुनारायणका श्रीयांश कटुवाल र थिमी न.पा.-५ का मुकेश श्रेष्ठ रहनुभएको छ ।
निरौलाले थिमी-८ का अलेश चक्रधरलाई २१-११, २१-१५ ले, सुवालले चाँगुनारायण-२ का तेजबहादुर खत्रीलाई १९-२१, २१-१४, २१-१५ ले, प्याकुरेलले थिमी-१ का हरि खड्कालाई २१-४, २१-१२ ले, बस्नेतले सूर्य विनायक-९ का दिपेन्द्र महतलाई २१-६, २१-१० ले, कटुवालले थिमी-८ का सुशिल तुईचालाई २१-८, १४-२१, २१-१४ ले तथा श्रेष्ठले सूर्यविनायक-८ का विजय केसीलाई २१-१३, २१-११ ले पराजित गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगिताको पुरुष युगलतर्फ सूर्यविनायक-४ का केशव कार्की र नवराज सापकोटाले थिमी न.पा.-१ का राजेश डंगोल र पूर्ण सेढाईलाई २१-५, २१-१० ले पराजित गर्दै क्वार्टरफाइनमा स्थान बनाउनुभयो ।

यस्तै थिमी न.पा.-५ का राजन प्रजापती र दिपेन थापाले चाँगुनारायण-१ का रितेश खड्का र रुपेश थापाको जोडीलाई १२-२१,२१-१७, २१-१२ ले, थिमी-४ का बिवेक श्रेष्ठ र उद्धव बागा श्रेष्ठको जोडीले थिमी-१ का प्रभातकुमार खड्का र शिव थकुल्लाको जोडीलाई २१-१३, २१-१३ को समान अन्तरले, थिमी-७ का अशोक अधिकारी र महेश कार्कीको जोडीले थिमी-६ का वीरेन्द्र वादे र प्रेमकुमार श्रेष्ठको जोडीलाई २१-१४, २१-१४ को समान अन्तरले, थिमी-५ का दीपक श्रेष्ठ र रमेश पिला श्रेष्ठको जोडीले थिमी-४ का विकी श्रेष्ठ र विशेष श्रेष्ठको जोडीलाई २९-२७, २२-२० को अन्तरले, थिमी-७ का भीमराज कार्की र साजन न्यौपानेको जोडीले थिमी-१ का रमेश आचार्य र राजमान द्वारेबाट वाक ओभर, सूर्यविनायक-५ का सूर्यकुमार बुढाथोकी र महेश खड्काको जोडीले थिमी-८ का उनाम बुढा र सुनिल होनाको जोडीलाई २१-१८, २१-१६ को अन्तरले तथा सूर्यविनायक-३ का दीपक खत्री र लेखनाथ पराजुलीको जोडीले सूर्यविनायक-७ का सुदीप खत्री र भद्र शाहीको जोडीलाई २१-१९, २१-१९ को समान अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्नुभयो ।

यसैगरी भेट्रान ४५ बर्षका युगलमा थिमी-८ का पूर्णहरि होना र प्रेमभक्त ज्यानाको जोडी, सूर्यविनायक-२ का डि. आङबुहाङ र के.बहादुर थेम्बेको जोडी, थिमी-१ का सन्तमान द्वारे र सुमन खड्काको जोडी, भक्तपुर न.पा.-२ का राजु बासुकला र कृष्ण गोपाल सुवालको जोडी, थिमी-१ का दीपक खनाल र मनिष पराजुलीको जोडी, थिमी-३ का गोपाल भट्टराई र इन्द्र सुवेदीको जोडी, थिमी-१ का सुरेन्द्र बुढाथोकी र चन्द्र प्रजापतीको जोडी तथा थिमी-३ का भीम गिरी र देन लामाको जोडी पनि आ-आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्नुभयो ।

प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरी चार विधामा प्रतिस्पर्धा भईरहेको छ । १२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शीर्ष तीनस्थान प्राप्त गर्ने खेलाडीहरूले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् ।

यस्तै पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिनेछ । दुई सय बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाइटी ब्याडमिन्टन हलमा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?