काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा ल्याउने प्रयास गरिरहेका छन् ।
कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका घरेलु दर्शकलाई गुल्सन झाले आशा जगाएका छन् । उनले ५३ बलमा तीन चौका र चार छक्काको मद्दतमा ४६ रन जोडेका छन् ।
नेपालले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६६ रन जोडेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच