पूर्वराजकुमारी डायनाले चढेको गाडी लिलामीमा बिक्री

Read Time = 1 min

लण्डन । बेलायतकी पूर्वराजकुमारी डायनाले चढेको गाडी लिलामीमा बिक्री गरिएको छ । डायनाको मृत्युको २५औं वार्षिकीको अवसरमा उहाँले चढेको फोर्ड स्कर्ट सात लाख ३७ हजार पाउण्डमा बिक्री गरिएको हो । बोलपत्र एक लाख युरोबाट सुरु भएको थियो ।

नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाउनुभएको थियो । उहाँले शाही परिवारको भव्य रोल्स-रोयसेस र डेमलरको सट्टा आफ्नै कार राख्नुभएको थियो । डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?