बैतडीमा विद्युतको लाइन तान्ने क्रममा करेन्ट लागेर एक जना घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा करेन्ट लगोर एक जना घाइते भएका छन् । विद्युतको लाइन तान्ने क्रममा बिजुलीको पोलमा विद्युत प्रवाह भएर करेन्ट लाग्दा जिल्लाको पुर्चौडी नगरपालिका वडा न ६ का ५० वर्षिय शैलेन्द्र धानुक करेन्ट लागेर घाइते भएका हुन्।

बुधवार बिहान १० बजेतिर सुर्नया गाउँपालिका वडा नं ८ दोरा टोलमा विद्युतको लाइन तान्ने क्रममा करेन्ट लाग्दा धानुक घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता नन्दराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोलमा चढेर लाइन खिचिरहेका धानुकको दाहिने हातमा करेन्ट लागेर जमिनमा बजारिएका थिए । करेन्ट लागेर पोलबाट जमिनमा खसेका उनको दाहिने हातमा चोट लागेको बताइएको छ । घाइते भएका धानुकको अवस्था मध्यम रहेको र उनलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?