कान्समा नेपाली सर्ट फिल्म लोरीलाई अवार्ड

Read Time = 2 mins

काठमाडौं । विश्वमै चर्चित फिल्म फेस्टिभल कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्मले पनि अवार्ड जित्न सफल बनेको छ । हालै सम्पन्न कान्स फिल्म फेस्टिभल २०२२ मा निर्देशक अभिनाश विक्रम शाहको ‘लोरी : मेलनकोली अफ माई मदर्स ललाबाइज’ ले ‘स्पेसल मेन्सन सर्ट फिल्म अफ द इयर’को अवार्ड प्राप्त गर्न सफल बनेको हो ।

शनिबार (२८ मे)मा भएको ७५औं कान्सको समापन समारोह (क्लोजिङ सेरेमनी)मा लोरीलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिनका लागि निर्देशक शाह स्वयं उपस्थित हुनुभएको थियो । ‘लोरी’ एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई लोरी सुनाउँदै सुताउन खोज्छिन् । तर, जब छोरी आफ्नो निन्द्राबाट ब्युँझिन्छिन् सत्य केही भयावह हुन्छ । यसको स्क्रिप्ट स्वयं शाहले नै लेख्नुभएको हो ।

फिल्मका मुख्य पात्र अंकिता यादव, प्रीति झा र सुजिता शाह हुनुहुन्छ । कान्स फिल्म फेस्टिभलका विभिन्न विधामध्ये ‘सर्ट फिल्म पाल्म डी’ओर’ विधामा शाहको फिल्म छनोटमा परेको थियो । १४० देशबाट तीन हजार ५०७ वटा चलचित्रले सहभागिता जनाएकोमा नौ देशका नौ फिल्म मात्रै छनोटमा परेका हुन् । यस विधाको मुख्य अवार्ड चिनियाँ निर्देशक जियानिङ चेनको निर्देशन रहेको ‘द वाटर मर्मस’ ले जित्न सफल बनेको हो ।

यही वर्षको कान्समा पहिलोपटक नेपाली कलाकारलाई रेड कार्पेटमा हिँड्ने मौका मिल्यो । नेपालको प्रतिनिधित्व गर्दै अभिनेत्री सुरक्षा पन्त आफ्नो अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउण्टेन्स’को तर्फबाट कान्समा सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?