क्यानडाका दर्शकलाई नँचाएर फर्किनुभयो गायिका कला

Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय देश तथा विदेशमा सांगीतिक कार्यक्रम आयोजना हुनथालेपछि गायिका कला लम्साल व्यस्त देखिनुहुन्छ । गायिका कला झण्डै दुई महिनाअघि लण्डनका विभिन्न शहरमा सांगीतिक कार्यक्रमकै लागि पुगेर नेपाल फर्किनुभएको छ ।

नयाँ वर्षको छेको पारेर सांगीतिक कार्यक्रमका लागि उड्नुभएकी कलाले झण्डै दर्जनको संख्यामा स्टेज कार्यक्रम गरेर फर्किएको बताउनुभएको छ । उहाँले लण्डन, टोरन्टो, मन्ट्रियल, क्याल्गरीलगायत सिटीमा आयोजना भएका कार्यक्रममा आफ्ना गीत सुनाएको बताउनुभयो । ‘लण्डनमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीको नेपाली गीतसंगीतप्रतिको माया देख्दा खुशी लाग्यो ।’ गत बिहीबार नेपाल फर्किनु भएकी गायिका कलाले हिमालय टाइम्ससँग कुरागर्दै भन्नुभयो, ‘परदेशमा रहेर पनि नेपाल र नेपाली गीतसंगीतप्रतिको मायाका कारण हामी नेपालमा बस्ने कलाकारले गीतसंगीतमा अझै धेरै गर्नुपर्छ भन्ने अनुभूति भएको छ ।’

कलाले गाउनु भएका दर्जनौं गीतमध्ये ‘किन झस्कियौ, धानको चामल धानैको चिउरा, लाहुरे, मुसुमुसु हाँसलगायत गीत प्रस्तुत गर्नुभएको बताउनुभयो । विशेषगरी बढी लोकप्रिय बनेको उहाँको ‘पातली’ बोलको तीज गीत सबै कार्यक्रममा धेरैपटक गाउनुपरेको कला बताउनुहुन्छ ।

‘म धेरै देशमा सांगीतिक कार्यक्रमका लागि पुग्ने मौका पाएकी छु । तर, अहिले क्यानडाको यो बसाइका क्रममा यहाँ रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीको माया निकै पाएँ । नेपाली गीतसंगीतप्रतिको माया मैले सोचेभन्दा बढी पाएँ’, गायिका कलाले अघि भन्नुभयो, ‘मेरो तीज गीत बढी भएकाले होला । यो समयमा धेरै तीजगीत गाउन अफर आइरहेको थियो ।’ गायिका कला एनसिएनसी र एनजेएसीको निमन्त्रणामा क्यानडा पुग्नुभएको थियो ।

साथै गायिका कलाले आउँदै गरेको तीजपर्वको अवसरमा नयाँ गीत सार्वजनिक गर्ने तयारीमा जुटेको जानकारी दिनुभयो । उहाँले अब गीत रकेर्डको कामलाई केही दिनमै अगाडि बढाउने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?