पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरूले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताउनुभयो ।
‘शवहरू गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उहाँले भन्नुभयो, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरू चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’
यता, उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन ।
सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारेको जनाएको छ । तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताउनुभयो ।
हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको उहाँको भनाइ छ । उहाँका अनुसार ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन् ।
त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।
सम्पर्कविहीन एयरमा सवार चालक दलको सदस्यहरू -
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरू -
१. बान्देकर वैसवी
२. इन्द्रबहादुर गोले
३. पुरुषोत्तम गोले
४. राजनकुमार गोले
५. मेइक ग्रीटग्राफ
६. बसन्त लामा
७. गणेश नारायण श्रेष्ठ
८. रवीना श्रेष्ठ
९. रश्मी श्रेष्ठ
१०. रोजिना श्रेष्ठ
११. प्रकाश सुनुवार
१२. मकरबहादुर तामाङ
१३. राममाया तामाङ
१४. सुकुमाया तामाङ
१५. तुलसादेवी तामाङ
१६. अशोककुमार त्रिपाठी
१७. धनुश त्रिपाठी
१८. ऋतिका त्रिपाठी
१९. वी विलनर
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच