काठमाडौं । नेपालको देउराली डोजो आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कास्य जित्यो ।
नेपाल सितोरियो कराँते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भुटान दोस्रो भयो । १ स्वर्ण, ६ रजत र ४ कास्यमा भारतको टिम एमपीले तेस्रो स्थानमा चित्त बुझायो । प्रतियोगिताको पुरुषमा नेपालका सुशान्त हुमागाईं तथा महिलामा भारतकी सोनम विकी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । सुदूरपश्चिम प्रदेश अनुशासित टिम चुनियो भने मार्च पासमा रूपन्देही अब्बल रहृयो ।
विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक डोजोका प्रमुख गजेन्द्र खपाङ्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगितामा नेपालसहित चार राष्ट्रका करिब एक हजार खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन