युक्रेनमा मारिए फ्रान्सका पत्रकार

Read Time = 1 min

किभ । युक्रेनमा फ्रान्सका पत्रकार मारिएका छन् । पूर्वी युक्रेनमा पर्ने दोनबासस्थित सेभरोदोनेस्क शहरनजिकै गोलाबारीमा परी पत्रकार फ्रेडरिक लेक्लर इमोफको ज्यान गएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले उहाँको मृत्युको पुष्टि गर्नुभएको छ । लुहान्स्क क्षेत्रका गभर्नर सेर्गेइ हाइदेइले ग्रिनेडको टुक्राले घाँटीमा लागेर उहाँको निधन भएको बताउनुभएको छ । पत्रकार इमोफ फ्रान्सको बिएफएम टिभीका लागि युक्रेनमा कार्यरत हुनुहुन्थ्यो ।

पत्रकार इमोफको निधनसँगै रुस युक्रेन युद्धको समाचार संकलनका क्रममा अहिलेसम्म ३२ पत्रकार मारिएको युक्रेनका राष्ट्रपति भोलीडिमीर जेलेन्स्कीले दाबी गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?