हेलिकप्टरमा दुई पाइलट अनिवार्य

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ।

एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयो ।

पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उहाँले बताउनुभयो।

यदि एकल पाइलटबाट नै हेलिकप्टरको उडान गर्ने हो भने यसको शर्त केके हुने हो, त्यसको लागि समिति गठन भएको प्राधिकरणले जनाएको छ ।

अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?