प्रचण्डलाई रामचन्द्र पौडेलको जवाफ: ‘हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउनु भएको छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले दम्भ र अहंकार देखाए एमालेजस्तै ठेगान लगाउने अभिव्यक्ति दिएपछि ट्वीटरमा प्रचण्डलाई मेन्सन गर्दै नेता पौडेलले लेख्नुभएको छ, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ! ’ ।

अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चेतावनी दिँदै भन्नुभएको थियो, ‘माओवादी आफैँ त केही गर्दैन, कहिले एमालेलाई कहिले कांग्रेसलाई ठूलो बनाउँछ । कहिले एमालेको दम्भ बढाइदिन्छ । कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ,' उहाँले भन्नुभयाे, 'एमालेमा जस्तै अहिले कांग्रेसको फेरि दम्भ र अहंकार बढ्छ कि भन्ने डर पैदा भएको छ । माओवादी केही नि होइन,स्थानीय तहमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने एमालेलाई ठेगान लगाएजस्तै फेरि कांग्रेसलाई लगाउने दिन नआओस् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?