तिलोत्तमा नगरकार्यपालिकामा एमालेको प्यानलै विजयी

Read Time = 1 min
A A- A+

बुटवल । तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन् ।

एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजय हासिल गरेको थियो । नेपाली काँग्रेसले ९ वटा वडा जितेको थियो । कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो ।

बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनबाट महिला सदस्यमा तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य, दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?