लन्डन । शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दै पाँचौँ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । पेरिसमा मंगलबार राती भएको क्वाटरफाइनलमा नाडालले जोकोभिचलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्नुभएको हो ।
पहिलो सेट सहजै ६-२ ले आफ्नो पक्षमा पार्नुभएका नाडालले दोस्रो सेट ४-६ ले गुमाउनुभएको थियो । तेस्रो सेट नाडालले सहजै ६-२ ले आफ्नो पक्षमा पार्न सफल हुनुभयो । चौथो सेट २१ पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले ७-६ (७-४) ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल हुनुभयो ।
जितसँगै नाडालले गत वर्ष सेमिफाइनलमा भोगेको हारको बदलासमेत लिनुभएको छ । १४औँ पटक फ्रेन्च ओपन जित्ने लक्ष्यमा रहनुभएका नाडालले अब सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर जेभेरेभसँग शुक्रबार प्रतिस्पर्धा गर्नुहुनेछ ।
जर्मनीका २५ वर्षीय जेभेरेभले स्पेनका युवा सनसनी कार्लाेस एल्कारेजलाई ६-४, ६-४, ४-६ र ७-६ ले पराजित गर्दै लगातार दोस्रो वर्ष सेमिफाइनलमा स्थान बनाउनुभएको हो । एजेन्सी ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र