१०औं नेपाल अफ्रिका फिल्म फेस्टिभल : कुइनेटो र ऐना उत्कृष्ट

Read Time = 6 mins

काठमाडौं । १०औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाइम’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सव सकिएको छ ।

यस्तै राष्ट्रियतर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरीतर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गर्नुभएको छ । महोत्सवमा लघु चलचित्र ऐनाबाट कृषाले क्रिटिक्सतर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जित्नुभएको छ ।

महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र राईजबाट ऋषिराज आचार्यले हाँसिल गर्नुभयो । राईज चलचित्रबाटै गजित विष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसीप्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाइलको अवार्ड हाँसिल गर्नुभयो ।

यस्तै उत्कृष्ट स्कृप्ट राइटिङको अवार्ड पुरुषात्तम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सहअभिनेताको अवार्ड केडी प्रसितले चलचित्र ‘थर्ड आई’बाट प्राप्त गर्नुभयो ।

चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशनतर्फको जुरी अवार्ड, चलचित्र ‘शंका’ बाट सुमन दाहालले उतकृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गर्नुभयो । यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट व्याक ग्राउण्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जित्नुभयो । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड प्राप्त गर्नुभयो । महोत्सवमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।

आइतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ मंगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ । अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवं अग्रज ब्युटिसियन सोनी कारञ्जित, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय लगायतले बिजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो ।

महोत्सबको निर्णायकहरूमा अग्रज संगीतकार जुगल डंगोल, अभिनेताहरू प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङ्तान र चलचित्र पत्रकार कुवेर गिरी हुनुहुन्थ्यो ।
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा.लिद्धारा आयोजित यो महोत्सवमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सवमा प्रदर्शन गरियो ।

महोत्सव निर्देशक डब्बु क्षत्रीले नेपाल र अफ्रिका बीचको चलचित्र संस्कृति आदन प्रदानका लागि बिगत एक दशकदेखि आफूहरूले नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्दै आएको बताउनुभयो । महोत्सवकी अध्यक्ष डा.मञ्जु मिश्रको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?