गजित विष्टलाई उत्कृष्ट अभिनेताको अवार्ड

Read Time = 1 min

काठमाडौं । अभिनेता गजित विष्टले उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको छ । उहाँलाई १०औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ मा चलचित्र ‘राइज’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको हो ।

आइतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ मंगलबार अवार्ड प्रदान गर्दै सकिएको थियो ।

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रालिद्वारा आयोजित यो महोत्सवमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सवमा प्रदर्शन गरिएको थियो ।

Leave a Reply

रिलेटेड न्युज

छुटाउनुभयो कि ?