बारा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताउनु भएको छ ।
बाराको सदरमुकाम कलैयास्थित करणराज पार्टी प्यालेसमा सोमबार एमालेको ११ औँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले एमाले पहिलादेखि नै आफनो देशको भूमि अतिक्रमण हुन नदिने कुरामा स्पष्ट रहेको बताउनुभयो ।
आफनो भूमि अतिक्रमण गर्ने भारतसँग एमालेले पहिला पनि स्पष्ट धारणा राखेको र भूमि फिर्ता गराउन पहल गर्दै आएको छ, उहाँले भन्नुभयो,‘हामीले कसैको भूमि अतिक्रमण गरेका छैनाैँ र यदि हाम्रो भूमि कसैले अतिक्रमण गर्छ भने त्यसको लागि डटेर सामना गर्न र भूमि फिर्ता ल्याउन एमाले कुनै कसर बाँकी राख्दैन ।'
उत्तरको चीन र तीन तिरबाट भारतले घेरिएको नेपालल भारतसँगको सिमाना खुल्ला सिमानाको उपयोग गर्दै कुनै पनि एउटा छिमेकीमा भर पर्नु भने नहुने उहाँले बताउनु भयो । दुबै छिमेकीसँग समान व्यवहार गर्दै नेपालले अगाडी बढ्नुपर्ने उहाँको भनाइ थियो ।
छिमेकीसँग मिलेर मात्र आफू बलियो बन्नसकिने बताउँदै उपाध्यक्ष पोखरेलले भारतसँगको खुल्ला सिमाना व्यवस्थित गर्न गराउन एमाले पहिलादेखि लागि परेको समेत बताउनु भयाे ।
एमाले सरकार बीचमै ढलेको कारण सिमा व्यवस्थापन हुन नसकेको र अहिले एमाले पार्टी फेरि सरकारमा आएको बताउँदै उहाँले त्यो अधुरो कामको थालनी हुने दावी गर्नु भयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक भारतमाथि मात्र निर्भर हुँदा समस्यामा पर्न सक्ने भन्दै चीनसँगको सिमाना जोडिएका नाकाहरुको विकासमा वर्तमान सरकार लागि पर्ने बताउनुभयो । उहाँले अहिलेको राजनीतिक समीकरणले मिसन ८४ लाई सफल बनाउन सहयोग गर्ने स्पष्ट पार्नुभयो ।
काँग्रेस र माओवादी सम्मिलित गठबन्धनले मुलुकलाई अस्थिरता तर्फ धकेलेको बताउँदै नेता पोखरेलले मुलुकलाई स्थिरता तर्फ लैजान एमाले सहितको वर्तमान राजनीतिक समिकरण निर्माण भएको स्पष्ट पार्नुभयो । उहाँले काठमाडौ निजगढ फास्ट ट्रयाकको काम तीव्र गतिमा अगाडि बढाइने बताउनुभयो ।
कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेकपा एमाले सम्मिलित वर्तमान सरकारले मुलुकमा विकासको गति ल्याउने दावी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच