धान रोपाइँ गर्न किसानले खेतमा जडान गरेको आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । बाराका किसानले धान रोपाइँ गर्न खेतमा जडान गरेका आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नं‍. ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन् ।

धान खेत सिँचाइ गर्न खेतमा राखिएको विद्युतीय मोटर र दमकल चोरी भएको हो । महागढीमाई नगरपालिका- १०, गञ्जभवानीपुरस्थित प्रहरी चौकीदेखि पाँच सय मिटर दुरी रहेका खेतमा विद्युतीय मोटरबाट सिँचाइ गरिरहेको अवस्थामा मोटर चोरी भएको पीडित किसान कुइस राउत अहिरले बताउनुभयाे ।

उहाँका अनुसार रातिको १० बजे मोटर जडान गरी धान खेतमा पानी पटाउदै गरेको अवस्थामा दुई घण्टापछि १२ बजे राति हेर्न जाँदा मोटर हराएको थियो । चोरी भएको आशङ्कामा चारैतिर खोज्दा कतै मोटर नभेटिएपछि उहाँले प्रहरीलाई खबर गर्नुभएकाे थियाे ।

खेतमा जडान गरिएको वडा नं. १० का चुल्हाई महतो नुनियाको प्रेमशङ्करप्रसाद साहको आँपको बगैँचामा पानी राख्न जडान गरिएको विद्युतीय मोटर पनि चोरी भएको छ । यसैगरी सोही वडाका सक्कलप्रसाद यादव र वडा नं. ३ का इजहार मियाँको दमकल चोरी भएको छ भने चनरदेव यादवको दमकल चोर्न नसकी सोही स्थानमा पल्टाएर छाडिएको छ ।

त्यस्तै ढोढा महतो कोइरीको दमकल चोर्न नसक्दा पसाहा नदीको नहरमा फालिएको अर्का पीडित किसान सीयारामप्रसाद कुशवाहाले बताउनुभयाे ।  त्यसैगरी धान खेतमा राखेका ध्रुप महतो कोइरी, महागढीमाई नगरपालिका-३ का सुनील जैसवाल र वडा नं- ४ दहियार टोलका चनरजितप्रसाद यादवको मोटर चोरी भएको छ । उनीहरू दुवै जनाले माछा पालनका लागि पोखरीमा मोटर जडान गरेका थिए । सिँचाइ गर्न खेतमा राखिएको मोटर र दमकल चोरी हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?