अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित

Read Time = 1 min

रौतहट । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर मेयरमा निर्वाचित हुनुभएको छ। रौैतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गर्नुभयो। उहाँले नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७५१ मत पाउनु भयो ।

उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २६८ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत मात्र ल्याउनु भयो ।

बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा राजिक मेयरमा निर्वाचित हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?