नेपालले म्यानमारसँग दुर्ई मैत्रीपूर्ण खेल खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमारसँग दुर्ई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको तयारीका लागि नेपालले ती खेल खेल्न लागेको हो । नेपालले अक्टोबर दोस्रो साता विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग खेल खेल्दैछ ।

सोही खेलको तयारीका लागि सेप्टेम्बर ८ र ११ मा म्यानमारमा नै गएर नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले यसअघि नै विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गर्दै तयारी थालिसक्नुभएको छ ।

प्रशिक्षक अनेसेले विश्वकप छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभएको थियो । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल, दिप कार्की, डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अञ्जल महर्जन, छिरिङ लामा र अञ्जन राई हुनुहुन्छ ।

यस्तै, मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिश रत्न छुन्जु, सन्तोष खत्री र कुशल फुँयाल हुनुहुन्छ । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?