एक महिनादेखि हराइरहेकी युवती मृत फेला

Read Time = 1 min

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाकी एक युवती कालीगण्डकी नदीमा मृत फेला परेकी छन् ।

एक महिना अघिदेखि हराएकी रम्भा गाउँपालिका–१ अमलीकी २२ वर्षीया अस्मिता विश्वकर्मा शनिबार घर नजिकैको कालीगण्डकी नदीमा मृत फेला परेकी हुन् ।
वैशाख ११ गते घरमा कोही कसैलाई नसोधी हिडेकी उनी लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए ।

युवतीको खोजतलासका लागि परिवारले वैशाख १२ गते प्रहरीमा हुलियासहित निवेदन समेत दिएका थिए । उनलाई खोज्दै जाँदा घरदेखि तीन किलोमिटर टाढा कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

के कति कारणले उनको मृत्यु भएको भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?