अष्ट्रेलियामा ‘हेरिटेज अफ फेशन’

Read Time = 1 min

काठमाडौं । ‘हेरिटेज अफ फेसन’को अष्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न भएको छ । पहिलो पटक तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’मा सांसददेखि मेयरसम्मको उपस्थिति थियो ।

‘हेरिटेज अफ फेसन’को तास्मानिया संस्करणमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सीआर जोन केलीको उपस्थिति थियो ।

निर्माता सन्तोष अधिकारीका अनुसार आसाप इन्टरटेनमेन्टले थ्रेटर रोयलमा आयोजना गरेको संस्करण तास्मानियामा भएको नेपाली समुदायको पहिलो कार्यक्रम हो । ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडेलले नेपाली फेशन डिजाइनरले तयार पारेका ड्रेसमा र्‍याम्प नापेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?