एनआरटीले मलेसियामा खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले मलेसियामा टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । क्लबले एक विज्ञप्ति जारी खेल्दै आगामी ‘ए’ डिभिजन लिगको तयारीका लागि उक्त प्रतियोगिता खेल्न लागेको जनाएको छ ।

महासचिव नरेन्द्रमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिता मलेसियाको पेनाङ शहरका प्रमुख मिस्टर याङले पदबहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवका अवसरमा हुन लागेको हो । २८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले पनि प्रतिस्पर्धा गर्नेछन् ।

२० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङ्गेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले पाँच हजार मलेसियन रिङ्गेट पुरस्कार जित्नेछ ।

एनआरटीले उक्त प्रतियोगितालाई लक्षित गर्दै खेलाडी अनुबन्ध प्रक्रिया थालिसकेको र केही दिनमै प्रशिक्षण सुरु गरिने महासचिव श्रेष्ठले जनाउनुभएको छ । एनआरटीले मलेसिया जानुअघि नेपालमै पनि स्थानीय क्लबहरूसँग अभ्यास खेल खेल्ने तयारी गरेको छ ।

विसं १९९१ मा स्थापना भएको एनआरटीले हालसम्म पाँचपटक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ । गत फागुनमा सम्पन्न लिगमा एनआरटी तेस्रो भएर सिजनको अन्त्य गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?