काठमाडौं । नीता फिल्मस्ले निर्माण गर्न लागेको नयाँ नेपाली चलचित्र ‘ह्रस्व–दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन गरिने भएको छ । हालै फिल्म निर्माण कम्पनि र फिल्म स्टुडियोबीच सम्झौता भएको चलचित्रका मुख्य कलाकार हरिहर अधिकारीले जानकारी दिनुभयो ।
संसारकै सर्वाधिक ठूलो फिल्म सिटीको रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुनलागेको हो । वलिउड तथा दक्षिण भारतका अधिकांश फिल्म उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् ।
नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य अभिनय रहने चलचित्रमा भारतका चर्चित कलाकारसमेत अभिनय गर्ने बताइएको छ । चलचित्रमा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय चलचित्रका चर्चाका कलाकार अभिनयमा बताइएको छ । चलचित्रका सबै कलाकार को–को रहने निर्माण टिमले खुलाएको छैन । मूहर्त पहिले सम्पूर्ण ‘काष्ट एण्ड क्रू’बारे जानकारी गराइसक्ने नीता फिल्मस् ले बताएको छ ।
यसैबीच चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्रको प्रतिलिपि अधिकार निर्माण कम्पनीले आफ्नो पक्षमा पारेको छ । पछिल्लो क्रममा नेपाली फिल्म पाइरेसीदेखि स्टोरी जुध्नेगरी सोही प्रकृतिका कन्टेन्ट अन्य कम्पनी र फिल्महरूदेखि सोसियल मिडियासम्ममा प्रयोग हुने क्रम बढेकाले चलचित्रको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरी अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरी प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको बताइएको छ ।
चलचित्रको छायांकन आउँदो साउन महिनाबाट सुरु गरिने जानकारी प्राप्त छ । हाल स्कृप्टलाई अन्तिम रूप दिने काम चलिरहेको निर्माण टिमले बताएको छ । यो चलचित्रलाई बलिउडका दर्जनौं सफल फिल्म खिचिसकेका छायांकार कविरलालले खिच्नेसमेत बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच