कप्तान रोहित बने प्लेयर अफ द म्याच

तस्वीर क्यान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपाल चार विकेटले विजयी बनेको छ ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच बने । उनले ८  ओभर बलिङ गर्दै ३२ रन खर्चिएर दुई विकेट लिए भने ब्याटिङमा पनि १०१ बल खेल्दै सर्वाधिक ८७ रन जोडे।

टियू मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । योसँगै नेपालले एक खेल अगावै क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजको उपाधि जितेको छ ।

आजको खेलमा नेपाल तीन खेलाडीले अर्धशतक प्रहार गरे । क्यानडाविरुद्ध कप्तान रोहित पौडेल, देव खनाल र अनिलकुमार साहले अर्धशतक बनाए । नेपालको जितका लागि कप्तान पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रन बनाए ।

आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९–९ रन बनाए ।

बलिङमा क्यानडाका ईश्वरजोत सोही र हर्ष ठकेरले २–२, साद बिन जाफर र दिलप्रीत बाजवाले १–१ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्याडनाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।

बलिङमा नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले समान २–२ विकेट, आकाश चन्द, सूर्य तामाङ, सोमपाल कामीले र पवन सर्राफले १–१ विकेट लिन सफल भएका थिए ।

यसअघिको खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?