वडापालिकाबाटै योजना सम्झौता गर्दै सिंजा गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने गरेको छ । पालिकाको नेतृत्व निर्माणका अभ्यास स्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यमलाई कार्यान्वयन गर्नेका लागि वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।

उपझोक्ता समितिलाई सुशासन कायम गर्नेका लागि क्रियाशील, सृजनशील बनाइ वडामै पुगेर प्रविधिक कर्मचारी देखी प्रशासन शाखाका सबै कर्मचारी योजना सम्झौतामा लागि परेको प्रमुख प्रशासकीय अधिकृत धितालले बताउनुभयो । पालिकामा योजना मात्र सम्झौता गर्नेका लागि आउन यहाँका कतिपय वडा धेरै टाढा रहेकाछन् । प्रमुख प्रशासकीय अधिकृत धितालले भन्नुभयो, “गाउँपालिकासम्म योजना सम्झौता गर्न आउँदा कागजात अपुग हुने र उपभोक्तालाई खान बस्न समस्या हुने भएकाले पालिका छ वटै वडामा पुगेर योजनाको सम्झौता गरिएको छ ।” स्थानीयलाई पालिकासम्म योजना सम्झौता गर्न आउँदा खानबस्न खर्चिलो हुने भएकाले वडामै पुगेर योजना सम्झौता गरिएको सिंजा प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीयको नेतृत्वमा वडा स्तरमै पुगेर उपभोक्ता समितिसंग पालिकाले संचालन गर्ने योजनाहरुको सम्झौता गर्नेदेखी समयमै योजना निर्माण गरी स्थानीयवासिको माग अनुसार काम गरिने वडा नम्बर २ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता तिर्थ वडले जानकारी दिनुभयो । स्थानीयको जीवन र जीविकासँग सिधै पहुँच पु¥याउनका लागी पालिकाले वडास्तरबाट योजना सम्झौता गरेको गाउँपालिका प्रवक्ता वडले बताउनुभयो । एकै दिनमा सकिने काम गाउँपालिकामा आउँदा तीन देखी चार दिन समय लाग्ने गरेको थियो । अहिले वडामै योजना सम्झौता हुदाँ निकै राहत मिलेको कालिका कालासिनि देवार मन्दिर उपझोक्ता समितिका अध्यक्ष रन्नलाल उपाध्यायले बताउनुभयो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहितको टिम वडामै पुगेर योजना सम्झौतासंगै बैंकको खाता खोल्न समेत वडामै हुदाँ यहाँका उपझोता समितिदेखी नागरिक लाई सेवा प्रवाह सहज भएको चुलेलगाउँ सडक स्तर वृद्धि उपझोक्ता समितिका सचिव जोवना आचार्यले बताउनुभयो । पालिकाबाट प्रदान गरिने सेवाबाहेक अन्य विकासे निर्माणक योजनाका सम्झौताका काम र अन्य सेवा प्रवाह गाउँ केन्द्रित हुने गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

गाउँबाट सेवा पाएपछि सिंजाका स्थानीयलाई राहत मिलेको गाउँका पालिकाका योजना शाखाका प्रमुख पदम भण्डारीले जानकारी दिनुभयो । यसअघि जेष्ठ नागरिक घर दैलो निःशुल्क उपचार समेत गाउँमै पुगेर सेवा प्रदान गरेको सिंजा गाउँपालिकाले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?