काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छः गगन थापा

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उहाँले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गर्नुभएको हो ।

सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई आग्रह गर्नुभयो। उउहाँले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिनुभयो ।

यसैगरी एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिनुभयो ।

यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उहाँले अब काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

निर्वाचनको अवधिभर धर्य गरेका काठमाडौंवासी सहर नै दुर्गन्ध हुने गरी फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?