ब्याटिङमा चम्किए सन्दीप, आसिफसँगको कीर्तिमानी साझेदारीमा नेपालको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ ।

पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आसिफ र सन्दीपको कीर्तिमानी साझेदारी हुँदा पीएनजी स्तव्ध भयो ।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख र सन्दीप लामिछानेले शानदार प्रदर्शन गर्दै कीर्तिमानी समेत बनाए । अविजित रहँदै आसिफले ८६ र सन्दीपले ३५ रन बनाएसँगै नेपाल विजयी भएको हो । ५० बल खेलेका सन्दीपले ३ चौकाको मद्दतमा ३५ रन जोडेका थिए ।

ब्याटिङ नेपालले निकै कमजोर सुरुआत गरे पनि अन्तिममा आशिफ, कुशल मल्ल र सन्दीपले सम्झनलायक प्रदर्शन गर्दै नेपालाई जिताएका थिए। खेलमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले दोहोरो अंकमा रन बनाउन सकेनन्। यी ब्याटर लगातार आउट भएपछि नेपाल ७४ रनमा छ विकेट गुमाएको कमजोर अवस्थामा थियो।

खेलमा आशिफले ८६ रन बनाए भने सन्दीपले ३५ र कुशल मल्लले २३ रन बनाएका थिए। आज सन्दीप  आसिफले आठौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए।

१३० बलमा २ चौंका र १ छक्का हिर्काउँदै ८६ रन बटुल्दै अविजित बनेका आसिफ प्लेयर अफ द म्याच घोषित भए ।

खराब सुरुवात गरेको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाएको थियो ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन बटुलेको थियो ।

पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा जोड्दा किप्लिन डोरिगा २६ रनमा पभेलियन फर्किएका थिए । गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट हुँदा नोर्मान भानुवाले १४ रन बनाए । कप्तान आसाद भाला र सेसे बाउले समान ११ रनको योगदान गरे ।

नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले २, र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?