अवैध सुनसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । विराटनगर महानगरपालिका-१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई  प्रहरीले पक्राउ गरेको छ ।

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद सुनसहित राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?