शल्यक्रिया गरेको २४ घण्टा नबित्दै सुत्केरीको मृत्यु, कारण खोज्दै परिवार

तस्वीर : मृतक सुत्केरी जानकी रेग्मी अधिकारी ।

नन्दराम जैशी
Read Time = 3 mins

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरेकोे २४ घण्टा नबित्दै एक सुत्केरीको मृत्यु भएको छ । वीरेन्द्रनगर–४ सुर्खेतकी ३० वर्षिया जानकी रेग्मी अधिकारीको शल्यक्रिया भएको २४ घण्टा नबित्दै अस्पतालमै ज्यान गएको हो ।

सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकी नियमित डाक्टरको निगरानीमा थिइन । तर शल्यक्रिया पश्चात जनरल वार्डमा सारिएको २४ घण्टापछि उहाँको ज्यान गएको मृतक जानकीका ससुरा नातापर्ने तिलकराम अधिकारीले बताउनुभयो ।

प्रदेश अस्पताललाई पछिल्लो समय प्रदेशकै सुविधा सम्पन्न अस्पतालका रुपमा लिने गरिन्छ । तर सामान्य अवस्थामा शल्यक्रियामार्फत सुत्केरी गराइएकी जानकीको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरवाही भएको पीडित परिवारको आरोप छ ।

‘सुविधा सम्पन्न मानिएको यस अस्पतालमा सुत्केरीको मृत्यु हुनपुग्यो’ मृतकका सुसुरा अधिकारीले भन्नुभयो, ‘सकुशल बच्चा जन्मिएपछि सुत्केरीलाई प्रसुति वार्डमा सारीयो । तर २४ घण्टामा आफन्तलाई मृत्युको खबर आउदाँ हामी आश्चर्यमा छौं ।’

मृतक जानकीको घर अस्पतालबाट एक सय मिटर दुरीमा टाढा । यतीबेला मृतकका घर परिवारसँगै छिमेक पनि शोकमा छन् । परिवारले अस्पतालको लापरवाहीले जानकीको मुत्यु भएको दावी गर्दै मृत्युको कारण खोजिरहेका छन् । तर अस्पतालले भने मृत्युको कारण अँझै खुलाएको छैन ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकीको शल्यक्रिया पश्चात प्रसुति वार्डमा सारेर उपचार भइरहेको अवस्थामा एक्कासी श्वास फेर्न गारो भएपछि सघन कक्षमा राखी उपचार गर्नेक्रममा मृत्यु भएको जानकारी दिनुभयो । जानकीको पोष्टमार्टम पश्चात मात्रै मृत्युको कारण खुल्ने सूचना अधिकारी बस्नेतको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?