सुनको मूल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २७ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेर प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको हाे ।

अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा काराेबार भैरहेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?