काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदैछ ।
कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि हुदै छ ।अहिलेसम्म कोलकोताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार बेहोरेको छ । त्यसैगरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।
त्यसैगरी आज दोस्रो खेल मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ । मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७स् ४५ बजेदेखि शुरु हुँदैछ ।
जारी आइपिएलमा मुम्बई इण्डियन्सले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । शुरुका तीन खेलमा हार बेहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ ।
त्यसैगरी चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच