सुनचाँदीको मुल्य बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम भएको हो । सुनको मूल्य मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६७० रुपैयाँ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?