
एजेन्सी । पहिलो पटक पाकिस्तानले सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’ मा सहभागिता जनाउने भएको छ । २४ वर्षीय एरिका रोबिनले यही नोभेम्बरमा ‘एल साल्भाडोर’मा हुने ‘मिस युनिभर्स २०२३’ मा पहिलोपटक पाकिस्तानलाई प्रतिनिधित्व गराउने हुनुभएको हो । उहाँले सेप्टेम्बर १४ मा माल्दिभ्समा ‘मिस युनिभर्स पाकिस्तान’को उपाधि जित्नुभएको थियो । उहाँ यो सौन्दर्य प्रतियोगितामा भाग लिने पहिलो पाकिस्तानी हुनुहुन्छ ।
उहाँलाई पाकिस्तानी सरकारले भने एल साल्भाडोरमा हुन गइरहेको ७२औं ग्लोबल मिस युनिभर्समा भाग लिन अनुमति दिने या नदिने भन्ने अहिलेसम्म अस्पष्ट छ । ‘मिस युनिभर्स पाकिस्तान’को फिनाले माल्दिभ्समा सम्पन्न भएको हो । ‘मिस युनिभर्स बहराइन’ र ‘मिस युनिभर्स इजिप्ट’को फ्रेन्चाइज अधिकारको स्वामित्व लिएका दुबईस्थित युगेन ग्रुपले सो प्रतियोगिताको आयोजना गरेको हो ।
पाकिस्तानी सरकारको स्वीकृतिविना आफ्नो देशको नाममा प्रतियोगीता आयोजना गरेको भन्दै कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक ककरको सरकारले देशको गुप्तचर निकायलाई प्रतियोगिता आयोजकहरूसँग छानविन गर्न आदेश दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच