काठमाडौं महानगरद्वारा कल सेन्टर सञ्चालन

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कुनै गुनासो वा समस्या भए १६६००१०५५११ मा निःशुल्क फोन गरेर टिपाउन सकिने महानगरले जानकारी दिएको छ ।

कल सेन्टरमा एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने र कलको सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा सुरक्षित रुपमा राखिने जनाइएको छ ।
वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको गएको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरवासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?