युगपिच्छे देशमा पात्रहरू बदलिन्छन्, अब युग पर्खनु पर्दैन उतिखेरै नयाँ नयाँ अनुहारहरू आउँछन्, देश सञ्चालन गर्छु भन्छन्, हाम्रो देशमा पनि धेरै परिवर्तनहरू भएका छन्, छिटो छिटो तर आमसर्वसाधारणको पीडा भने उस्तै छ । पहिलेको कुरा हो, एउटा बडेमानको ऊँट थियो, उसले ठूलै तप ग¥यो, ब्रहृमा खुसी भए, उसलाई वर माग्न भनियो । ऊँट अल्छी भएकाले बसीबसी खान पाऊँ भन्यो, लामो घाँटी भए, सुतेर खान पाइन्छ भन्ने सोच्यो, त्यही माग्यो उसले, तथास्तु वर पायो । ऊँटको घाँटी लामो भयो चार सय कोसको । अब उसलाई खानको चिन्तै भएन । रूखलाई नुहाउँदै सुतीसुती खान थाल्यो, परिश्रम गर्नु परेन, जीउ पनि मोटाउँदै गयो, देख्दै भद्दा हुन थाल्यो उसको शरीर ।
एकदिन त्यो ऊँट सुतिरहेको बाटो हुँदै एउटा स्याल आयो, ऊँटको मोटो घाँटी, डम्म परेको शरीर देखेर स्यालको जिब्रो रसायो । सुतेको ऊँटको घाँटी माथि चढेर घाँटीको ताजा रगत चुस्न थाल्यो ऊ, घाँटी कोपर्यो, चिथोर्न थाल्यो, जीउभन्दा ठूलो घाँटी ऊँटले यताउता चलाउन नै सकेन, विचरो ऊँटको रगत स्यालले टन्नैखायो । ऊँट छटपटाउन थाल्यो, केही गर्न सकेन, नेता र नेतृत्व अल्छी भएपछि हालत यही हुने हो । सडक जामको डरले, वा धेरै काम एकैचोटी होस् भनेर हाम्रो नेतृत्व सिंहदरबार या बालुवाटार केन्द्रित छ, डिजिटलको युग रे अहिले, सम्बोधन या उद्घाटन सुतीसुती गर्न पाइन्छ अचेल ।
हुन पनि काठमाडौंको बाटो उस्तै छ, बढेको छैन मान्छे मात्रै बढे । सधैँ अरूले गरेको काम गरे त परिवर्तनकारी कसरी हुने ? चीनमा माओत्से तुङले गरेको काम गरिरहेको भए देङ सियाओ पिङको नाम कसरी आउँथ्यो ? देङको शासनकालपछि नै चीनले अमेरिकासँग टक्कर गर्न सकेको हो अर्थबजारमा । हामी चाहिँ उही पुरानै सोच कसरी हुन्छ ? भएभरको सरकारी संयन्त्र नभत्काई भएन । भत्काउँदै बनाउँदै कस्तो मज्जा छ, नत्र आफ्ना मान्छेलाई कसरी नयाँ नियुक्ति दिनु, प्रकृतिले पनि साथ दियो, भूकम्प नआएको हो भने कसरी विदेशीको पैसा यहाँ खोलाबाढीझैँ बगाउनु ?
छोरी, बुहारीलाई पदमा सयर गराइएन भने १२ वर्ष सम्मको द्वन्द्वको के अर्थ हुन्छ । संसदमा दौरा, सुरुवाल, टुपी देखाइयो भने विदेशीले के भन्लान्, यत्रो परिवर्तनको अर्थ पनि चाहियो नि ! तारे होटलमा सुट र टाई ढल्केन भने पदको के गरिमा भयो ? उहिलेका कुरा खुइले ! सारी, चोली टोपी त पश्चगामी पो हो त । विदेशी स्टाइलले खाने हो मोज गर्ने हो चार्वाक्ले त्यही भनेका थिए । स्वदेशीपन त देखाउनका लागि मात्र हो, सर्वाहारा भनेको पनि सिद्धान्त पो हो त, असली कम्युनिज्म विदेशमा त छैन यहाँ कहाँबाट सम्भव छ ? त्यो पनि नेपालमा विचरा नेताजीहरू यस्तै भन्ने गर्छन् ।
नेता र नेतृत्वले शक्तिशाली सामु जोरी खोज्नु हुँदैन । उही पुरानो सोच राखेर पनि हुँदैन, ठूला नदीमा, वर्षाको भेलमा ठूला, अग्ला रूखहरू लडेर, बगेर जान्छन्, नलच्कने रूखहरूको समस्या छ, भेल आउँछ, लैजान्छ, लच्कने निगालो र बेत हेरौँ न ! हावा आए पनि हल्लिदिने मात्रै, भेल आए पनि मुन्टोले भेललाई ढोगी दिने मात्रै ! कहीं पछारिनुको डर छैन, निगालो नरम, कमलो छ, पैरोमा परे पनि केही हुँदैन । हाम्रो नेतृत्व पनि त्यस्तै छ, सुगौली सन्धिमा लचकदार, सन् १९५० को सन्धिमा नरम, नाकाबन्दीमा सहनशील, मौलिक धर्म उडाउँदा चुप, मौलिक संस्कृति, भाषामा चुप, लिपुलेकमा पनि त्यस्तै, धार्मिक पर्वमा राजनीति मिसिँदा गौरव ठान्ने, निहुरमुन्टी न पुरानै चलन ! एउटा कथा छ :
एक तपस्वी साधक थिए, आश्रममा आउनेलाई जे माग्योे त्यही दिन सक्थे उनी । वरदान पनि सावित हुन्थ्यो, इच्छा पूरा सबैको, धेरैको आवतजावत देखेपछि ती साधकले पालेको कुकुरले थाहा पाएछ, हाम्रा मालिक त साँच्चै तपस्वी, मनको कुरो ठ्याक्कै बुझ्ने, जे माग्यो सो पूरा गरिदिने ! मलाई पनि त डरबाट मुक्ति गरिदिए हुन्थ्यो नि ! कुकुर मनमनै सोच्न थालेछ- भोगमा रोगको डर, कुलमा इज्जतको डर, कुलीन हुनेलाई घटिने डर, धन कमायो, राज्य, चोरी, आगलागीको डर, इज्जत कमायो गुम्ने डर, बलियो भयो शत्रुको डर, रूपवान भयो बुढ्याइँको डर, विद्वान् भयो मुर्खको डर, बादविवादको डर, नायक भयो खलनायकको डर, कति जीवनको तपले मान्छे भयो मृत्युको डर, अग्लियो होचिने डर धरहरा जस्तो !
कुकुरले सोच्दै गयो यी कुराहरू, आफ्ना कुरा राख्यो भने हाम्रा मालिक रिसाउने पो हुन् कि, उसलाई डर थियो । फेरि सोच्यो ठूलो बन्ने आशीर्वाद त पाइएला तर तँ यहाँ बस्न पर्दैन जा स्वर्गतिर भनिदिए के गर्ने हो ! स्वर्गमा आफ्नो खानपिन मिल्दैन, समय खराब छ, विद्यार्थीमा अनुशासन छैन, उपचार गर्ने चिकित्सकको भरोसा छैन, शिक्षकमा विश्वास छैन, राष्ट्रसेवक कर्मचारीमाथि भर छैन, व्यापारीको त कामै पैसा कमाउने हो, कम्युनिस्टको भर्याङ चढेर गएकाहरूको भाषण सुने ब्रहृमचारी, जगतगुरु, वेदान्तीहरूको प्रवचनभन्दा कम छैन । मैले आफ्नो कुरा राख्दा कतै मालिकले मलाई गलहत्याउने पो हुन् कि !
कुकुर भावुक भयो, एक दिन मुख फोर्यो उसले- ‘हजुर मलाई डर छ चितुवाबाट ! कृपया चितुवा नै बनाइ दिनुस् न मलाई’ तपस्वीले फु मन्तर गरे, कुकुर चितुवामा परिणत भयो । तपस्वीको संगत उसले थाहा पायो, बाघको डर हुने रहेछ अब, उसले बिन्ती गर्यो तपस्वीले भने तँ अब बाघ भइस्, नडरा, बाघले सोच्यो हात्तीको डर रहेछ ! बाघको मलिन अनुहार देखेर तपस्वीले बाघलाई तुरुन्तै हात्ती बनाइदिए, फेरि हेरेको हात्तीको मुख मलिन, तपस्वीले कुरो बुझे, यसलाई पक्कै सिंहको डर रहेछ, उनले सिंह नै बनाइदिए, हात्ती सिंह भयो ।
हेर्दाहेर्दै कुटीको सुरक्षामा बसेकोे कुकुर जगल्टे सिंह बनिसक्यो, तैपनि मुख अँध्यारो देखियो, तपस्वीले वरदान दिए तँलाई तेरो शत्रु हुँडारको डर छ, अब तँ हुँडार नै भएस् । हुँडार बनेपछि हुँडारले आफ्नो खाजा खोज्यो, अब उसको खाना भनेको आफ्नै मालिक तपस्वी नै थिए, अरू कोही थिएन । तपस्वीप्रति जाइलाग्यो, तुरुन्तै उनले तँ कृतघ्न भइस्, अब तँ आफ्नै शरीरको कुकुर भएस्, हुँडार अब कुकुर भयो ।
विचरा हाम्रो नेतृत्वले राम्ररी बुझेको छ । हामी यति ठूला भयौँ कतिको बरदान आशीर्वाद पाएर । झुक्न बिर्सियो भने फेरि हालत पुरानै हुने पो हो कि ! तपस्वीले भने जस्तो भनि दिए त लज्जा हुन्छ, के गर्ने । हिन्दू धर्म फर्कियो भने अरूले टाउको उठाउने पो हुन् कि ? धर्मनिरपेक्ष हुँदा गाईको गडगडाहट ताली, अन्तर्राष्ट्रिय सम्मेलनमा नयाँ संविधान सबैलाई ग्राहृय छ, यो नेपाली जनताले बनाएको ! स्वदेशीपन नै सबैतिर अपनाउन सके सबै क्षेत्र राम्रो र असल हुन्छ ।
व्यक्ति, समूह र राज्य सबैको सम्पत्ति भनेको शील र स्वभाव हो । आफ्नो छुट्टै पहिचान पनि यसैमा निहित हुन्छ । शील भए स्वर्ग जितिन्छ । पहिलेको कुरा हो, दानव कुलमा जन्मे पनि गुरू नारदले पहृलादलाई माता कयाधुको गर्र्भमै अनुशासन र शील स्वभाव सिकाएका थिए, आफ्नो आचरणकै भरमा प्रहृलादले स्वर्गको इन्द्रपुरी हात लगाए, मान्छे नमारिकनै ।
गान्धीले अंग्रेज छोडो आन्दोलनमा पनि अहिंसाकै बाटो लिएका थिए, मारकाटै गरेर सत्ता पुगिन्छ भन्ने होइन । पाण्डवहरूले पनि आखिर सत्ता पाइ नै हाले । एकपल्ट स्वर्ग गुम्यो इन्द्रको, उनी गए गुरु बृहस्पतिसामु र भने स्वर्ग फिर्ता गर्नु पर्यो । दावराज हिरन्यकसिपुका छोरा प्रहृलादले सर्वनाश ग¥यो, स्वर्ग छिनेर लियो । बृहस्पति एक्लैले इन्द्रको स्वर्ग फिर्ता हुने अवस्था भएन । यो प्रसंगलाई अर्का गुरु शुक्राचार्यलाई भन्न अनुरोध गरे इन्द्रले । इन्द्र शुक्राचार्यसामु पुगे तर उनी आफ्ना गुरु थिएनन् र पनि समस्या बताए, स्वर्ग लिने इच्छा भए उनै प्रहृलादसामु जानु भने शुक्राचार्यले ।
एक ब्राहृमणको रूप लिई इन्द्र प्रहृलादसामु पुगे, प्रहृलादलाई भने होइन यत्रो स्वर्ग तपाईंलाई कसरी मिल्यो हँ ? प्रहृलादले जवाफ दिए- हेर्नोस् म कस्तो छु भने गुरुको वचन भुईंमा खस्नै दिन्न, यो धन, स्वर्ग सबै मेरा गुरु शुक्राचार्यको कृपा त हो ! गुरुको वाणी शिरोपर छ । इन्द्ररूपी ब्राहृमणले प्रहृलादको गुणगान गरे, प्रहृलाद खुसी भए, केही माग्नुस्, तपाईं पनि बाहुन हो, दरबार आएपछि खाली हात कसरी फर्कनु ? इन्द्रलाई मौका मिल्यो, उनले भने तपाईंको शील मलाई दिनुस्, प्रतिज्ञामा हारेका प्रहृलादले भने हुन्छ लैजानुस् मेरो शील !
अब प्रहृलादको शील इन्द्रसामु पुग्यो, म त धर्मको पछि लाग्ने हो भन्दै, तिमीले धर्म छोड्यौ मलाई त्याग्यौ, एकैछिनमा प्रहृलादको शरीरबाट तेज प्रकट भई प्रहृलादलाई भन्न लाग्यो– राजन् सत्य भनेको म नै हुँ, तपाईंसँग बसेको थिएँ, मेरो काम भनेको शीलकै पछि लाग्ने हो, अब उतै जान्छु इन्द्रसँग । एकैछिनपछि प्रहृलादको शरीरबाट अर्को तत्व बाहिर आउँदै भन्यो- महाराज सदाचार भनेको मै हुँ, तपाईसँग बस्दै आएको, तपाईंले धर्म छोड्नुभयो, शील र धर्मसँग म पनि पछि लाग्नुपर्छ म पनि उतै जान्छु है !
सदाचार निस्किनासाथ प्रहृलादको शरीरबाट अर्को शक्ति उत्पन्न भयो, देवीको रूप थियो त्यो साँच्चै धनकी प्रतीक लक्ष्मी, उनले भनिन्– लक्ष्मी भनेको मै हुँ, जहाँ धर्म, शील, नैतिकता र इमान्दारिता, सच्चरित्रता र सदाचार हुन्छ म उहीँ बस्ने गर्छु, नभन्दै उनी इन्द्रतिर टाँसिइन्, अब प्रहृलादलाई होस् आयो, यी बाहुन को हुन् ? लक्ष्मीले हाँस्दै भनिन्- यिनी कोही होइनन्, उनै स्वर्गका राजा इन्द्र हुन् ।
प्रहृलाद तिमीसँग सबै लुटेर लगिसके यिनले, तिमीले पत्तै पाएनौ, तिमीमा रहेको धर्म, सत्य, सदाचार, लक्ष्मी सबै गइसके । हो शील र सदाचारविना नै द्वापरयुगमा दुर्योधनले स्वर्ग र राज्य पाउन खोज्यो । अन्ततः उसलाई नराम्रोसँग पछारिनु पर्यो । त्यति मात्रै होइन धन मोहले दुर्योधनको वंश नै सखाप भयो । हाम्रो नेतृत्वले बुझनु जरुरी छ धर्म छोड्दा हालत के हुन्छ भनेर ! बुद्धले सारा संसारमा नाम कमाए सम्पत्ति र नाम नबेचिकन, मोतीराम भट्ट ३० वर्ष बाँचे नाम अमर छ, जगतगुरू शंकराचार्य ३२ वर्ष बाँचे आज पनि अमर छन्, रामकृष्ण परमहंस, विवेकानन्दको नाम अहिले पनि अमर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच