वेष्ट इण्डिज सँगकाे खेलमा नेपाललाई दोस्रो सफलता

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको दोस्रो विकेट लिएको छ ।

जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजसँग खेलिरहेको छ ।

जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले दोस्रो ओभरमै पहिलो विकेट लिएको थियो ।

नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा वेष्ट इण्डिजको पहिलो विकेट लिएका थिए ।

खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो । नेपालका करण केसीले पहिलो विकेट लिएका थिए भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?