युवा उद्यमीलाई निर्यात प्रवद्र्धन तामिल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीलाई प्रशिक्षण दिएको छ । विश्व बजारमा भन्सार प्रक्रिया, निर्यातजन्य वस्तुको हार्मोनिक कोड लगायतका प्राविधिक विषयमा ५० जना युवा उद्यमीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा चेम्बरले चारदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले युवा उद्यमीलाई निर्यात प्रवद्र्धनमा सहयोग पु¥याउन प्रशिक्षण आयोजना गरिएको जानकारी गराउँदै मुलुकभित्रका प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेर निर्यात प्रवद्र्धनमार्फत व्यापारघाटा न्यूनीकरणमा जोड दिनुभयो । आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापारघाटा नौ गुणासम्मले वृद्धि भएको उहाँको भनाइ थियो ।

निर्यात अभिवृद्धिका लागि भन्सार सहजीकरण एवं मुख्य मुख्य नाकामा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्ने, उत्पादिन वस्तुको प्याकेजिङ र ब्राण्डिङमा समेत जोड दिनुपर्र्ने अध्यक्ष बताउनुभयो । भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गरिनुपर्ने पनि उहाँको माग थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?