आर्सनल कारबाओ कपबाट बाहिरियो

Read Time = 5 mins

लण्डन । आर्सनल इएफएल कप अर्थात् कारबाओ कपको तेस्रो चरणबाटै बाहिरिएको छ । घरेलु मैदानमा प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग ३-१ को लज्जास्पद हार बेहोर्दै बाहिरिएको छ । आर्सनलले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

२०औँ मिनेटमा इडवार्ड एनकेइटाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । २७औँ मिनेटमा ड्यानी वेलवेकले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ५८औँ मिनेटमा काओरु मितोमाले गोल गर्दै ब्राइटनलाई २-१ ले अघि बढाउनुभयो । ७१औँ मिनेटमा तरिक लाम्पटेले गोल गर्दै ब्राइटनलाई ३-१ को सानदार जित दिलाउनुभयो ।

अर्काे खेलमा प्रिमियर लिग क्लब लिभरपुलले लिग वान क्लब डर्वी काउन्टीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ । टाइब्रेकरमा लिभरपुललका एलेक्स अक्सलेड चेम्वरलेन, डार्विन नुनेज र हार्भे इलिओटले गोल गर्दा स्टेफन र रोबर्टाे फिर्मिनोले गोल गर्न सक्नुभएन । डर्वीका डेभिड म्याकगोल्डरिक र लोइ सिब्लेले मात्रै गोल गर्न सफल हुँदा कोनोर होउरीहान, क्रेइग र लेविस डब्बिनले गोल गर्नुभएन ।

यता, म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जित निकाल्दै अर्काे चरणमा प्रवेश ग¥यो । सिटीले घरेलु मैदानमा चेल्सीलाई २-० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको हो । सिटीको सहज जितमा रियाद महारेज र जुलियन अल्भारेजले गोल गर्नुभयो ।

५३औँ मिनेटमा रियाद महारेजको गोलबाट अग्रता बनाएको सिटीले ५८औँ मिनेटमा जुलियन अल्भारेजको गोलबाट जित सुनिश्चित गर्‍यो । इएफएल कपकै अर्काे खेलमा न्युक्यासलले क्रिस्टल प्यालेसलाई तथा साउथहृयाम्टनले सेफ वेनस्डेलाई टाइब्रेकरमा हराएर अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

इन्टरको जित
इन्टरले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ । इन्टरले घरेलु मैदानमा बोलोग्नामाथि ६–१ को सानदार पुनरागमन जित आत्मसात गरेको हो । इन्टरले एक गोलले पछि परेको स्थिति उल्ट्याएको हो । इन्टरको जितमा फेडरिको डिमार्काेले दुई तथा इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान एक गोल गर्नुभयो । बोलोग्नाका चारालाम्वस ल्योकोजियानिसको गोल सान्त्वना बन्यो ।

मिलानोमा बुधबार राती भएको खेलको २२औँ मिनेटमा चारालाम्वसको गोलबाट इन्टर मिलान पछि प¥यो । २६औँ मिनेटमा इडेन जेकोले बराबरी गोल गरेपछि इन्टर खेलमा फर्कियो । ३६औँ मिनेटमा फेडरिको डिमार्काेले फ्रिकिमा सिधै गोल गर्दै इन्टरलाई २-१ ले अघि बढाउनुभयो ।

४२औँ मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेपछि इन्टर पहिलो हाफमा ३-१ ले अघि रहृयो । ४८औँ मिनेटमा फेडरिकोले व्यक्तिगत दोस्रो तथा टोलीका लाग चौथो गोल गरेपछि इन्टर फराकिलो जिततर्फ अग्रसर बन्यो । ५९औँ मिनेटमा हकानले पेनाल्टीमा गोल गरेपछि इन्टरले खेलमा ५-१ को बलियो पकड जमायो । त्यसपछि ७६औँ मिनेटमा रोविन गोसेन्सले गोल गर्दै इन्टरलाई ६-१ को सानदार जित दिलाउनुभयो । यस जितसँगै इन्टर १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना १६ अंक जोडेर १३औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?