साताभर १० अर्ब ४८ करोडको सेयर कारोबार

Read Time = 2 mins

काठमाडौं । साताभर सेयर बजार ३० अङ्कले बढेको छ । अघिल्लो साता २०३७.९२ अङ्कमा पुगेर बन्द भएको नेप्से परिसूचक पछिल्लो साता ३०.३४ अङ्क बढेर २०६८.२६ अङ्कमा बन्द भएको हो । पाँच दिनको कारोबारमा दुई कारोबार दिनमात्रै सेयर बजार बढेको थियो । सोमबार र बिहीबार सेयर बजार बढेको हो ।

आइतबार २८ अङ्क घटेको नेप्से सोमबार भने ५६ अङ्क बढेको थियो भने मंगलबार पुनः २५ अङ्क र बुधबार ०.३६ अङ्क घटेको थियो । साताको अन्तिम दिन भने २८ अङ्कले बढेको थियो । त्यसैगरी सेन्सेटिभ इन्डेक्स पनि ८.४१ अङ्क, फ्लोट इन्डेक्स १.९१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२९ अङ्कले बढेको थियो ।

गत साता दैनिक औसतमा दुई अर्ब ४१ करोडको सेयर कारोबार भएको बजारमा पछिल्लो साता करिब दुई अर्ब १० करोडको मात्रै कारोबार भएको थियो । साताभरमा करिब १० अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । १३ समूहमध्ये नौ समूहको परिसूचक बढेको र चार समूहको घटेको साताभर अन्य समूहको परिसूचक सर्वाधिक ६.५४ प्रतिशत बढेको थियो ।

विकास बैङ्क समूहको परिसूचक सर्वाधिक १८५.०६ अङ्क बढेकोमा उत्पादन तथा प्रशोधन समूहको सर्वाधिक २०९.१८ अङ्क घटेको थियो । नेप्सेको कुल बजार पुँजीकरण करिब दुई प्रतिशत बढेको थियो । गत साता २९ खर्ब १० अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण पछिल्लो साता ५३ अर्ब रुपैयाँ बढेर २९ खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?